आइतबार, असोज १८, २०८३

बप्पी लहरीबाट तबला उपहार पाएका पवनदीपले जिते इन्डियन आइडलको उपाधि

भारतीय टेलिभिजनको चर्चित सिंगिङ रियालिटी शो ‘इन्डियन आइडल’ ले आइतबार राति १२ औं विजेता पाएकाे छ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं– भारतीय टेलिभिजनको चर्चित सिंगिङ रियालिटी शो ‘इन्डियन आइडल’ ले आइतबार राति १२ औं विजेता पाएकाे छ। इन्डियन आइडलको १२ औं सिजनको विजेता बनेका छन् पवनदीप राजन। पुरस्कारमा उनले ट्रफी, २५ लाख भारु र कार प्राप्त गरेका छन्।

भरतीय स्वतन्त्रता दिवसको अवसर पारेर १५ अगस्टको राति आयोजित फाइनल करिब १२ घण्टा चलेको थियो। फाइनलमा पवनदीपसँगै अरुणिता कान्जीलाल, मोहम्मद दानिश, शन्मुख प्रिया, निहाल तारो र शायली काँबले पुगेका थिए।

आदित्यनारायण झाले होस्ट गरेको फाइनलमा भारतका चर्चित गायकगायिकाले आफ्नो प्रस्तुति दिएका थिए। 

पवनदीप सिजनको सुरुवातदेखि नै निर्णायक, दर्शक र प्रतिष्पर्धीका समेत प्रिय बनेका थिए। उनी गीत गाउँदा बाजा पनि आफैं बजाउँथे। गायक बप्पी लहरीले उनले आफ्नो तबला नै उपहारमा दिएका थिए।

पवनदीप उत्तराखण्डका हुन्। उनका पिता पनि गायक हुन्। पवनदीपले सानैदेखि गाउने र बजाउने कामलाई सँगसँगै अघि बढाए। पवनदीपले साढे २ वर्षकै उमेरमा तबला बजाएर अवार्ड जितेका थिए।

यसअघि उनले  ‘द भ्वाइस अफ इन्डिया’को टाइटल जितिसकेका छन् सन् २०१५ मा। उक्त उपाधिसँगै उनले ५० लाख भारु र अल्टो कार हात पारेका थिए। 

प्रकाशित: Aug 16, 2021| 13:48 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।