सोमबार, चैत २५, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • बुधबार काठमाडौंमा तीन प्रदर्शन, कसरी हुन्छ ट्राफिक व्यवस्थापन ?

बुधबार काठमाडौंमा तीन प्रदर्शन, कसरी हुन्छ ट्राफिक व्यवस्थापन ?

 |  सोमबार, चैत २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत २५, २०८१

vianetvianet

काठमाडौं- भोलि मंगलबार काठमाडौंमा राप्रपाले शक्ति प्रदर्शन गर्दैछ। राप्रपासँगै शिक्षकहरुको आन्दोलन पनि जारी छ। यसैगरी सहकारी र लघुवित्त पीडित पनि सडकमै छन्।

triton college

राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न स्थानबाट र्‍याली निकाली बल्खुमा विरोध कार्यक्रम गर्ने तय गरेको छ। यसैगरी नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बीचमा कार्यक्रम गर्नेछन्। त्यस्तै, सहकारी र लघुवित्त पीडितले शान्ति बाटीकामा कार्यक्रम गर्नेछन्।

यी सबै कार्यक्रमलाई मध्यनजर गरी महानगरीय ट्राफिक प्रहरी कार्यालयले आवश्यकता अनुसार डाइभर्सन मिलाउने बताएको छ। 

यस्तो छ ट्राफिकको सूचना

मिति २०८१।१२।२६ गते काठमाण्डौंको विभिन्न स्थानमा हुने कार्यक्रमका कारण सवारी आवागमन प्रभावित हुन सक्ने सम्बन्धी सुचना 
------------------------------------
राष्ट्रिय प्रजातन्त्र पार्टीले यहि चैत २६ गते विभिन्न स्थानबाट र्‍याली निकाली बल्खुमा विरोध कार्यक्रम गर्ने भन्ने बुझिन आएको हुँदा कार्यक्रम अवधिभर आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइने छ ।
डाइभर्सन गरिने मुख्य स्थानहरु:-
• खसिबजार – मकालु - कलंकी चोक- बाफल
• बल्खु चोक- कुलेश्वर- कालीमाटी चोक- टेकु
•  किर्तिपुर- सुन्दरीघाट- सानेपा- एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाईन्टहरु
• त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सितापाईला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।
कार्यक्रममा सहभागि हुन सवारी साधन लिएर आउने व्यक्तिहरुले
पार्किङ्ग गर्ने स्थानहरु :-
 टियू गेट देखी चोभार सडक
 सानेपा करिडोर सडक (दुबै तर्फ)
 चोभार सुख्खा बन्दरगाह
 नयाँबसपार्क
• सितापाईला - बाफल सडक खण्डमा एक लाईन
त्यस्तै , सहकारी र लघुवित्त पिडितले शान्तिबाटीकामा कार्यक्रम गर्ने भन्ने बुझिन आएकाले उक्त स्थानमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाईने छ । कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य बैकल्पिक मार्गको प्रयोग गर्नुहुन अनुरोध गरिएको छ ।

प्रकाशित: Apr 07, 2025| 20:48 सोमबार, चैत २५, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्