फाइत तस्बिर
काठमाडौं- थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले आाफ्नो तेस्रो खेलमा आइतबार युएईको सामना गर्दैछ । खेल नेपली समय अनुसार १२ः१५ बजे सुरु हुनेछ ।
अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले आफ्नो तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्दै छ । यसअघि दुबै टोलीले आफ्ना सुरुवाती दुई खेलमा विजयी भएका छन् ।
अघिल्ला दुई खेल विजयीभएसँगै दुबै टोलीको समूह चरणमा समान ४ अंक छ । त्यसैले यो दुबै टोलीका लागि महत्वपुर्ण छ । यो खेल जित्ने टोली सिधै सेमिफाइनलमा स्थान बनाउने छ ।
त्यसैले दुबै टोली आजको खेलमा जित निकाल्दै सेमिफाइन पुग्न चाहँछन् । नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । त्यस्तै आइतबार भएको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
समूह ‘ए’ मा रहेको नेपालले युएईपछि समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४