काठमाडौं - जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। केशवबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट ८.५० प्रतिशत नगद लाभाम्स वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
बैंकले सञ्चालक समिति स्तरिय लेखा परिक्षण समितिको सिफारिसमा आर्थिक वर्ष २०७५/०७६ को लागि बाह्य लेखा परिक्षक नियुक्त गर्ने निर्णय समेत भएको छ।
सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैंक आफै वा सहायक कम्पनी मार्फत शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्ध पत्रमा थप गर्न स्वीकृत गर्नुका साथै बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न/गाभिन वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ।
नवौं वार्षिक साधारण सभा मनाई रहदा बैंकको निक्षेप संकलन ६८ अर्ब र कर्जा लागानी ६३ अर्ब पुगेको छ। बैकको पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म १२९ शाखा, ५० शाखा रहित बैंकिङ्ग केन्द्र, ७९ एटीएम सञ्चालनमा रहेका छन्। बैक चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ३२ रोड (एनएफ आरएस बमोजिम) मुनाफा आर्जन गर्न सफलभएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४