बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशियाको उदयपुर देउरीमा शाखा रहित बैंकिङ्ग सेवा

एनआईसी एशियाको उदयपुर देउरीमा शाखा रहित बैंकिङ्ग सेवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
उदयपुर – एनआईसी एशिया बैंक लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीमा आपm्नो २३औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ। शहरी तथा ग्रामिण जिल्लाहरुमा आफ्नो उपस्थिति स्थापित गर्नुका साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे बैंकले देउरीबाट पनि सेवा प्रारम्भ गरेको हो।

सेवाको उद्घाटन त्रियुगा नगरपालिका–५ का वडा अध्यक्ष उद्धब थापाले गरेका थिए। बैंकिङ्ग सेवाको प्रतिनिधिमा श्रीहरि श्रेष्ठ नियुक्त भएका छन्। 

बैंकको शाखा रहित सेवाकबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत सुलभ रुपमा सेवा लिन सक्ने छन्। सेवा सहज रुपमा उपलब्ध गराउन आगामी दिनमा पनि शाखा रहित बैंकिङ्ग सेवालाई निरन्तरता दिइने जनाइएको छ।

एनआईसी एशिया देशभरका २७० शाखा कार्यालय, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवम् २३ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्