बुधबार, साउन १३, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज पुस २८ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस् नेपाल समय दिनभरी।

मेयर, वडा अध्यक्ष र वडा सदस्यबीच त्रिपक्षीय भिडन्त

जनकपुरधाम उपमहानगरपालिका कार्यालय भित्र त्रिपक्षीय भिडन्तको अवस्था उत्पन्न भएको छ। मेयरको कार्यशैली विरुद्ध वडा अध्यक्ष र वडा सदस्यहरु वडा उत्रिए पछि उपमहानगरपालिका कार्यालयमा त्रिपक्षीय भिडन्तको अवस्था उत्पन्न भएको हो। निर्वाचित जनप्रतिनिधिहरु नै एक अर्का विरुद्ध उत्रिएपछि जनकपुर नगर क्षेत्रभित्र विकास निर्माण प्रभावित हुने आशंका उब्जिएको छ।

देशको शैक्षिक अवस्था नाजुक : डा. यादव

पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको शैक्षिक क्षेत्रको अवस्था नाजुक रहेको बताएका छन्। ललितपुरको कुपोन्डोलस्थित नाइटिंगेल स्कुलको २६ औं वार्षिकोत्सव समारोहमा शनिबार सम्बोधन गर्दै उनले भने, उच्च घरानियाका सन्तान युरोप अमेरिका, त्यहाँभन्दा तल्लो स्तरका सन्तान दक्षिण भारत र कमजोर वर्गका सन्तानमात्र नेपालका सरकारी स्कुलमा पढिरहेकाले देशको शैक्षिक अवस्था नाजुक छ। उनले  देशका झन्डै ८० प्रतिशत बालबालिका पढ्ने सरकारी स्कुलको अवस्थामा सुधार नभएसम्म शैक्षिक उन्नति नहुने बताए। उनले नयाँ शिक्षा २०२८ पछि सरकारी स्कुल खस्किँदै गएको र निजीकरण हुन थालेपछि  शिक्षा क्षेत्र ध्वस्त भएको दाबी गरे।

काठमाडौंका सुशीला र मानवको संलग्नतामा जनकपुरमा सरसफाइ

 विश्व सरसफाइ अभियानकी सुशीला महर्जन र मानवको संलग्नतामा शनिबार वृृहत्त सरसफाइ गरिएको छ। ‘म मेरो जनकपुर फोहोर गर्दिन’ भन्ने नाराका साथ महर्जन र मानवको सहभागितामा वृहत्त सरसफाइ गरिएको हो।

राेशी भन्छिन् : सेक्स अश्‍लील हुँदैन!

यौन (सेक्स) मा सही साहित्य लेखिएकै छैन। जीवनको दर्शनलाई यौनिकताले पूरा गरेको इतिहास थाहा हुँदाहुँदै पनि हामी यौनको सस्तो व्याख्या गरिरहेका छौँ। अरूले बुझ्ने गरेको अश्लीलतालाई मैले यौन भन्ने गरेकी छैन।

रविन्द्रको प्रेमपत्र : देश बनाउन देशभन्दा ठूलो मुटु चाहिन्छ

विवेकशील साझा पार्टीबाट अलग हुँदै उज्जवल थापाले नयाँ पार्टीे गठन प्रकृया थालेपछि रविन्द्र मिश्रको प्रतिक्रिया सार्वजनिक भएको छ। मिश्रले फेसबुक पेजमा छु्टिटएका मित्रहरुलाई प्रेमपत्र : देश बनाउन देशभन्दा ठूलो मुटु चाहिन्छ भन्दै प्रतिक्रिया सार्वजनिक गरेका छन्। 

थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा भारतीय सेनाको मानार्थ महारथी बनेका छन्। थापालाई शनिबार भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

चिसो तमोरमा ६ घन्टे न्यानो बगाइ

अनुभव नसुनुन्जेल नयाँ लाग्छ। सुनेपछि मात्रै पुरानो हुन्छ। म आज यस्तै एक नयाँ अनुभव सुनाउँदैछु। 

धनकुटाको मूलघाटदेखि धरानसम्म धेरै पटक यात्रा गरेको छु। तर, यो पटक मूलघाटदेखि चतरासम्म यात्रा गर्ने हुटहुटी चल्यो। मूलघाट–धरानको सडक मार्गमा त धेरैले यात्रा गरेका छन्। मूलघाट–चतराको जलमार्गको यात्रा गर्ने भने थोरै छ्न्। हो, त्यही थोरै जमातमा पर्ने गरी मलाई मूलघाट–चतरा साहसिक जलयात्रा (र्‍याफ्टिङ) गर्ने इच्छा जाग्यो।

वाइड बडीबाट अछुत रहेनन् देउवा पनि

राजधानीबाट शनिबार प्रकाशित पत्रपत्रिकामा विभिन्‍न विषयलाई प्राथमिकता दिएर समाचारहरु छापेको छ। नेपाल समयको बिहानी अपडेटमा अखबारले छापेका मुख्य समाचारहरु र रातभरी भएगरेका घटना तथा गतिविधिहरुलाई यहाँ प्रस्तुत गर्ने गर्छौं।

जीवित देवी कुमारी संघर्ष-१ :‘पढाउन थालेपछि धर्म, पाप, माया र घृणाका कुरा आउँछन्’

पाटनकी कुमारी चनिरा बज्राचार्यले २०६६ सालको प्रवेशिमा परीक्षा दिएको समाचारलाई धेरै सञ्चारमाध्यमले प्रथामिकता दिए। जीवित देवी कुमारी पहिलोपटक प्रवेशिकामा सहभागी भएको विषयले त्यतिबेला चर्चा पाएको थियो। उनले ललितपुरको भास्सरा माविबाट परीक्षा दिएकी थिइन्। 

डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन 

डा गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा शनिबार प्रदर्शन गरिएको छ। 

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर इलाममा १६ औं चरणको सत्याग्रह शुरु गरेका डा गोविन्द केसीको समर्थनमा ऐक्यबद्धता अभियानको आह्वानमा प्रदर्शन गरिएको हो। 

प्रहरी आउँदा गाउँले लुके

गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके। केही महिना अघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापन पछिको अवस्था बुझ्नका लागि उक्त गाउँपालिकाले गत सोमबार सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएकामा स्थानीयवासी डरले लुक्न पुगेका थिए। प्रहरीलाई देखेपछि कोही पनि घरबाट निस्केनन् भने घर बाहिर रहेका समेत डरले थरथर काम्न थाले। कारण थियो पहिलो पटक गाउँमा प्रहरीको आगमन।

बढ्‍यो चाकुको चटारो (फोटो फिचर)

माघे संक्रान्ति। माघी पर्व। मकर स्नान। एउटै पर्व भए पनि ठाउँ विशेषमा फरक फरक तरिकाले मनाइन्छ माघे संक्रान्ति। 

यस अवसरमा विभिन्न परिकार खाने चलन छ। चाकु, तरुल, घिउ देशमा धेरै ठाउँमा खाने गरिन्छ यो पर्वमा । अहिले उपत्यकाका विभिन्न ठाउँमा चाकु बनाउन चटारो बढेको छ। पर्वका अवसरमा व्यापार पनि फस्टाएकै छ।

‘रेलिगेशन’ बिनाको लिगले घटाएको फुटबल रौनक

असोज १३ गतेदेखि सुरु भई सहिद स्मारक ‘ए’ डिभिजन लिग पुस २४ गते सम्पन्न भयो । प्रत्येक लिगले देशको फुटबललाई एउटा दिशा प्रदान गर्छ । सँगै नयाँ खेलाडीको पनि उदय हुन्छ । यसपालिको लिगमा त्यसो हुन सकेन । राष्ट्रिय टोलीका मुख्य खेलाडीको प्रदर्शन समेत लिगमा सन्तोषजनक हुन सकेन । 

कोहलपुरमा युवको घाँटी रेटेर हत्या

कोहलपुरमा शनिबार एक जना युवाको हत्या भएको छ। सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटस्थित २२ वर्षीय दिपकसिंह ठकुरीको हत्या भएको प्रहरीले जनाएको छ। 
​​​​​​
सिंहदरबारमा सफाइ अभियान

मुलुकको प्रमुख प्रशासनिक स्थल सिंहदरबारका सबै कार्यालय बन्द थिए। पुसको बिहानी चिसो थियो, चिसोको पर्वाह नगरी कर्मचारी र सुरक्षाकर्मी सिंहदरबार सफाइमा जुटे। 

स्थानीय मुद्दालाई मिडियाले प्राथमिकता दिनुपर्ने

स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर मिडियाले उठान गर्नुपर्ने एक कार्क्रमका सहभागिले जोड दिएकाछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।