​​​​​​​वाइड बडीबाट अछुत रहेनन् देउवा पनि

/assets/plugins/bower_components/fileman/Uploads/Images/nac_wide_body_nepalsamaya_5.jpg

काठमाडौं- राजधानीबाट शनिबार प्रकाशित पत्रपत्रिकामा विभिन्‍न विषयलाई प्राथमिकता दिएर समाचारहरु छापेको छ। नेपाल समयको बिहानी अपडेटमा अखबारले छापेका मुख्य समाचारहरु र रातभरी भएगरेका घटना तथा गतिविधिहरुलाई यहाँ प्रस्तुत गर्ने गर्छौं।

शनिबार प्रकाशित कान्तिपुर दैनिकले वाइड बडीमा देउवा पनि शिर्षकमा समाचार प्रकाशित गरेको छ। नेपाल वायु सेवा निगमका वाइड बडी विमान खरिद अनियमितता
प्रकरणमा पूर्वप्रधानमन्त्री एवंम कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएका छन्। २०७४ जेठ २४ गते वाइड बडी खरिदको रकम भुक्तानीका लागि सटही
सिफारिसको निर्णय भएको थियो। त्यसबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए। 

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसदको सार्वजनिक लेखा समितिलाई पठाएकव विवरणमा २०७४ वैशाख २५ गते देखि चैत १ सम्म जितेन्द्र
नारायण देव उड्डयन मन्त्री रहेको उल्लेख छ। यो विवरण गलत रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ। 

फुट्‍यो विवेकशील साझा 

एकीकरणको डेढ वर्ष नबित्दै विवेकशील साझा पार्टी विभाजित भएको छ। शुक्रबार उज्जव थापा नेतृत्वको पूर्व विवेकशिलबाट केन्द्रीय सदस्य बनेका १६ जनाले निर्वाचन
आयोगले छुट्टै दल दर्ताको निवेदन दिएका छन्। थापा नेतृत्वको विवेकशिल नेपाली र रविन्द्र मिश्रको साझा पार्टीबीच ०७४ साउन ११ गते एकीकरण भएको थियो।

हामीले समाज बदल्न भनेर राजनीति थालेका थियौं तर संयुक्त पार्टीको नेतृत्वले पुरा गर्ने छाँट ल्याएन', विवेकशिल नेता पुकार बमले भने, 'त्यसैले बाध्य भएर अलग
भएका छौं। विवेकशिल पक्षधर रन्जु न्यौपाने, साधना राई, सुबुना बस्नेत, अजित राई, अनुषा थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्दनारायण तिमल्सिना, रमेश
पौड्याल, शशिविक्रम कार्की, ज्ञानेन्द्रर निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी र अर्जनसिंह ठकुरी थापा समूहमा आएका छन्। 

मिश्रले पुरानै राजनीतिक चरित्र पछ्याउँदै आफूखुशी केन्द्रीय सदस्य बनाउन थालेको आरोप थापा पक्षको छ। 

ठूला व्यवसायीको होटल मोह 

https://www.nicasiabank.com/
मारवाडी समुदायको सुरुवाती व्यवसाय कपडाको व्यापार थियो। विभिन्न खाद्यान्ह उद्योग हुँदै वित्तिय क्षेत्रमा प्रवेश गरेका मारवाडी व्यवसायी सिमेन्ट उद्योगमा पनि
राम्रोसँग जमे। नयाँ पुस्ताको आगमनसँगै व्यवसाय विस्तारमा जुटीरहेका मारवाडी परिवारको आकर्षण ट्रेडिङसँगै हस्पिटालिटीमा पनि देखिएको छ। उनीहरु होटल खोल्ने
होडबाजीमा देखिन्छन्। २०४६ पछि उदाएका ठूला व्यवसायी र पुराना नेवार साहुजी पनि होटल खोल्ने दौडधुपमै छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ। 

सर्वोच्चको पत्र पर्खदै राष्ट्र बैंक 

व्यवसायी अजयराज सुमार्गीले बैंक खाताबाट झिकेको रकम फिर्ता गर्ने विषयमा सर्वोच्च अदालतबाट पत्रआएपछि प्रकृया अघि बढ्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।
सुमार्गी सञ्‍चालक रहेको मुक्तीश्री सिमेन्ट उद्योगका नाममा आएको नेपाल इन्भेस्टमेन्ट बैंकका नाममा रहेको रकम शंकास्पद देखिएकाले उनले निकालेको पैसा फिर्ता
गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्र राणा र न्यायाधीश आनन्द मोहन भट्टराईको संयुक्त इजलासले न्यायाधीश दिपकराज जोशीबाट भएको अल्पकालिन अन्तरिम आदेश बिहीबार
खारेज गर्दै बैंकबाट सुमार्गीले झिकेको रकम फिर्ता गर्न राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको थियो। यो खबर आजको नागरिक दैनिकमा छ। 

मलमा छल 

सरकारी स्वामित्वको कृषी सामाग्री कम्पनीले रकमको चलखेल गर्न मल आपुर्ति गर्ने कम्पनीलाई आफूखुशी म्याद थप्दै आएको छ। यसरी म्याद थप एकातिर मल
चाहिनेबेलामा किसानले चर्को अभाव व्यहोर्नुपर्ने र अर्को लाखौं रुपैयाँ घोटाला हुन्छ। 

कृषी सामाग्रीले जानाजान हरेक आपूर्तिकर्ता कम्पनीलाई पटकपटक म्याद थप्ने गरेको छ। कृषी तथा पशुपन्धि विकास मन्त्रालयले कूल खपतको करिब ७५ प्रतिशत
मलको आयत तथा बिक्री गर्ने जिम्मा कृषी सामग्री कम्पनीलाई दिएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ। 

 

प्रतिक्रिया