बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानले काबुल कब्जा गरेपछि विमानस्थलमा भागदौड [भिडियोसहित]

तालिबानले काबुल कब्जा गरेपछि विमानस्थलमा भागदौड [भिडियोसहित]

तालिवानले अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएपछि हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधरणको भागदौड मच्चिएको छ।
 |  सोमबार, साउन ३२, २०७८

बीबीसी

बीबीसी

सोमबार, साउन ३२, २०७८
Kumaribank
Metro Mart

काठमाडौं– तालिवानले अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएपछि हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधरणको भागदौड मच्चिएको छ। अफगानिस्तान छाड्न चाहेका विदेशी र स्वदेशीको भीड रहेको विमानस्थल नजिकै गोलाबारीको आवाज सुनिएपछि आइतबार राति भागदौड मच्चिएको बताइएको। यद्यपि सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियो फुटेजमा विस्फोटको आवाज सुनिएको छैन। मानिसहरू हतासमा दौडिरहेका छन्। ‘एक प्रत्यदर्शीले बीबीसीसँग भने, ‘मानिसहरू अन्योलमा छन्। उनीहरू सुरक्षित ठाउँमा जान चाहेका छन्।’

स्थानीय पत्रकार बिलाल सर्वरीले एयरपोर्टको भागदौडको भिडियो ट्विट गरेका छन्। भिडियोमा बालबालिकासमेत कैयौं मानिस चिच्याउँदै भागिरहेको देखिन्छ।

आइतबार तालिबानले काबुल कब्जा गरेपछि अफगान राष्ट्रपति असरफ घानी देश छाडेर भागेका छन्। तालिबानले स्वदेश फर्किन चाहनेलाई अनुमति दिने बताएको छ। काबुलमा सर्वसाधारण विशेष व्यक्तिहरुको विदेशिने क्रम आइतबार रातभर जारी रह्यो। तालिबान लडाकुले अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको छ। अब कस्तो खालको सरकार बन्छ भन्ने टुंगो लागिसकेको छैन।

प्रकाशित: Aug 16, 2021| 11:09 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।