बुधबार, साउन १३, २०८३

ब्याडमिन्टन : प्रिन्सले जिते दोहोरो उपाधी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनका बिजेता प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा दोहोरा जित हात पार्दै उपाधी जितेका छन् । प्रिन्स यु-१९ र यु-१५ दुवै तर्फ बिजयी भएका हुन् । 

उनले फाईलनमा यु-१९ मा उच्च बरिएताका प्रफुल महर्जनलाई २१-८ र २१-१० ले पराजित गर्दै उपाधी उचाले । यस्तै यु-१५ मा उनले म्यानमारका ज लिन थुलाई २१-१५, १७-२१, २१-९ ले पराजित गर्दै दोहोरो उपाधी उचाले ।

नेपाल ब्याडमिन्टन संघको तत्वाधान तथा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला यु-१९ मा उच्च बरिएताकी जेशिका गुरुङ्गले रशिला महर्जनमाथी २४-२२, २१-१४ ले पाखा लगाउंदै उपाधी जितिन् । 

यस्तै उनले रशिलासँग मिलेर यु-१९ गल्स जोडी तर्फ पनि उपाधी हात पारिन् । जेशिका र रशिलाको जोडीले शिमा राजबंशी र निता लम्साललाई २१-१२, २१-३ ले पाखा लगाए । यु-१९ पुरुष  युगल तर्फको खेलमा म्यानमारका ज लिन थु र थु रिनको जोडीले प्रफुल महर्जन र रुकेश महर्जनको जोडी माथी १९-२१, २१-१८ र २१-१७ को जित निकाल्दै उपाधी उचाले ।

यु-१५ गल्स तर्फको खेलमा उच्च बरिएताकी रशिला महर्जनले स्मृती राईलाई २१-७, २१-३ ले पराजित गर्दै उपाधी हात पारिन् । बिजयी शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।