काठमाडौं- एनआई सी एशिया बैंकको नयाँशाखाकार्यालयजाजरकोटको नलगाड नगरपालिका–९ जाजरकोटस्थित डल्लीबजार शाखाको नलगाड नगरपालिकाका नगरप्रमुख टेक बहादुर रावलबाट शुक्रबार भव्य समारोहकाबीच समुद्घाटन सम्पन्न भयो।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।
बैंकको वासलातको आकार २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब तथा कर्जा १४७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४