काठमाडौं- नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमुखि प्रबर्द्धनात्मक कार्यक्रम‘दशैंमा बीस लाख’योजनाअन्तर्गत तेस्रो तथा अन्तिम महिनाको विजेता घोषणा गरेको छ।
रियामार्फत कतारबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राहीश्रीशिवु झागरसफ्टवेयर पद्वतीमाआधारित ‘लक्की ड्र’ बाट तेस्रोेमहिनाको विजेता घोषित हुनुभएको हो ।सेवाग्राहीमल्लले नगद एक लाख प्राप्त गरेका छन्।
आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका सहायकप्रबन्धक श्यामकृष्ण खकुरेल (अन्तराष्ट्रिय व्यापार)ले विजेता शिवुको सिफारिसमा उनको आफन्त कृष्ण गोपाल कुस्मालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।
२०७५ सालअसोज ७ गतेदेखि सुरु भई २०७५ साल मंसिर मसान्तसम्म लागु सेवा ग्राहीमुखी यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’बाट तीन जना विजेता घोषित भइसकेका छन्।
आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहेका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रबर्द्धनात्मक योजना सार्वजनिक गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४