काठमाडौं- प्रभु बैंक लिले अंग्रेजी नयाँवर्ष २०१९ को अवसर पारेर आप्mना ग्राहकहरुको लागि पिबिएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ।
मिति २०७५ पौष २६ गतेकादिन काठमाण्डौस्थित सोल्टी होटेलमाआयोजितएक समारोहमा पिबिएल मास्टरकार्डको औपचारिक शुभारम्भ गरी सञ्चालनमाल्याईएको हो।
डिजिटल पेमेन्ट क्षेत्रमाख्यातिप्राप्तअन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकार्ड र नेपालस्थित प्रभु बैंक लिमिटेडको साझेदारीमा इएमभी चिप बेस्ड मास्टरकार्ड सञ्चालनमा ल्याईएको हो।
पिबिएल मास्टरकार्डको औपचारिक शुभारम्भ समारोह प्रभु बैंक लिका सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा भएको थियो। उक्त समारोहमाउपस्थितमहानुभावहरुलाई प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनज्यूले स्वागतमन्तव्य राख्नु हुँदै प्रभु बैंकले मास्टरकार्डसँगको साझेदारीमा कार्ड सेवा सञ्चालनमाल्याएको तथा यस कार्डबाट प्रभु बैंककाग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताए।
उक्तअवसरमा मास्टर कार्ड दक्षिण एशिया डिभिजन प्रमुखश्री पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा नेपालमा इएमभी चिप बेस्ड मास्टरकार्डसेवाविस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे।
पिबिएल मास्टरकार्डको औपचारिक शुभारम्भ कार्यक्रमको समापनगर्दै प्रभु बैंकका सञ्चालक समितिकाअध्यक्षएवं कार्यक्रमकाअध्यक्षश्री देवि प्रकाश भट्टचनले अन्तर्राष्ट्रिय सञ्जाल रहेको मास्टरकार्ड मुख्य एजेण्टको रुपमा रहेको प्रभु बैंकले भविष्यमाथप सहायकएजेण्टहरु नियुक्त गर्दै जाने योजना रहेको बताए।
यसबाट प्रभु बैंककाग्राहकहरुलाभान्वितहुनुका साथै दुवै कम्पनीले व्यवसायिक सफलता हासिल गर्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४