काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बिहीबार प्रदेश नं ३ को प्रादेशिक कार्यालय आफ्नै सुविधा सम्पन्न भवन, काठमाडौँको डिल्लीबजारमा उद्घाटन गरेको छ।
एक भव्य समारोहकाबीच बैंकका संचालक समितिका अध्यक्ष डा शंकर प्रसाद शर्माले ताम्रपत्र अनावरण गरी उक्त प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन्।
प्रदेश नं ३ अन्तर्गत बैंकका ३४ वटा शाखाहरु–काठमाडौँ उपत्यका भित्र २६ र उपत्यका बाहिर ८ वटाबाट व्यापार बिस्तारका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ।
प्रदेश नं ३ मा रहेका १४ जिल्ला मध्ये ९ वटा जिल्लामा बैंकको पहुँच रहेको छ। यस प्रदेशमा बैंकले करिव २६०,००० ग्राहकवर्गलाई बैंकिंङ सेवा प्रदान गर्दै आएको छ। प्रदेश न ३ मा बैंकले करिव ५७ अर्ब निक्षेप परिचालन गरी ४५ अर्व कर्जा प्रवाह गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४