तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको सात महिना पूरा भएपछि पनि प्रदेश तथा जिल्ला र जनवर्गीय संगठन एकीकरणको काम भएको छैन। नेकपाको कहिले सचिवालय बैठक सर्ने र कहिले स्थायी समिति बैठक सर्दै आएको छ । त्यसैले पुस महिनाभित्र पनि एकीकरण हुन सकेन।
प्रदेश २ को राजधानी जनकपुरबाटै पुनः श्रम स्वीकृति पाउने खबरले वैदेशिक रोजगारीमा जाने आठ जिल्लाका वैदेशिक कामदारबीच खुशीको लहर छाएको थियो। यसको प्रमुख कारण थियो, श्रम स्वीकृति लिन काठमाडौं पुग्नैपर्ने झन्झटबाट छुटकारा पाउनु।
सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तय गरेको नयाँ मर्यादाक्रम सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्।
तपस्वी रामबहादुर बम्जनका बारेमा प्रहरीले गम्भीर अनुसन्धान थालेको छ। आश्रमबाटै विभिन्न व्यक्तिहरू बेपत्ता पारेको आरोप लागेपछि उनीमाथि छानबिन गर्न उनका अनुयायीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो।
कोसी टप्पु आरक्षमा बुधबार बिहान ८ बजेपछि एउटा हात्ती आएर बितण्डा मच्चायो। सुनसरीको कोसी गाउँपालिका–३ पश्चिम कुशाहामा रहेको आरक्ष कार्यालय परिसरमा आएर अराजक रुपमा उफ्रिन थाल्यो त्यो हात्ती।
नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज खरिदमा भएको आर्थिक अनियमितता सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ। अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले वाइडबडीको अनुसन्धान अघि बढिसकेको बताए।
फिदा हुसेनको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। कार्यालय विशेष ब्यूरो, प्रहरी प्रधान कार्यालय अनुसन्धान व्यूरो, १ नम्बर प्रदेश प्रहरी कार्यालय, संघीय इकाइ कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएका ३८ जनाको समुहले तीनै जनालाई समात्न सफल जनाएको छ।
नेपाल आयल निगमले आन्तरिक उडानको लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ। निगमका नायव निर्देशक सुशील भट्टराईले इन्धनको मूल्य शुक्रबारदेखि घट्ने जानकारी दिए।
सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीवार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए।
प्रहरीले धनुषाबाट मरिच तस्करी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले तस्करीको मरिचसहित उनीहरुलाई पक्राउ गरेको हो।
नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री कानो तारोले बालुवाटारमा जन्मदिन मनाएका छन् । बिहीबार बिहान प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेटवार्ता गर्दै उनले बालुटारमै जन्मदिन मनाएका हुन् । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले कानोलाई बधाई दिएका थिए ।
लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ। गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो।
गत बर्ष इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि दिल्ली क्यापिटल्समा अनुबन्धित भएका नेपाली राष्ट्रिय टोलीका लेगब्रक स्पिनर सन्दीप लामिछानेको पारिश्रमिक नबढ्ने भएको छ। उनले यस बर्षमा पनि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेबापत २० लाख भारु नै पाउने भएका छन् ।
पेरिस सेन्ट जर्मन (पिएसजी)का ब्राजिलियन स्टार नेयमार यस सिजनको अन्यमा बार्सिलोना फर्किने पक्काजस्तै भएको खबर बाहिरिएको छ । केहि दिन अघि मात्र बार्सिलोना फर्किन नेयमारले आफ्ना वार्ता सदस्य खटाएका खबर बाहिरिएको थियो।
विदेशी खेलाडी अर्मन्डकको ह्याट्रिकको मद्दतले च्यासल युथ क्लब तेस्रो अन्तर्रास्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डमा विजयी भएको छ । धनगढी रंगशालामा बिहिबार भएको खेलमा दिल्ली फुटबल क्लबलाई ६-० को फराकिलो गोल अन्तरले पराजित गरेको हो।
बेइजिङमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको व्यापार वार्ताले व्यापार विवाद समाधानका लागि आधार तय गरेको चीनले बिहीबार जनाएको छ। लामो समयदेसखि जारी व्यापार विवादबारे वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डल सोमबार चीन आएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...