बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हाइड्रो एक्स्पोको तयारी अन्तिम, अवलोकनकर्तालाई हेलीयात्रा

हाइड्रो एक्स्पोको तयारी अन्तिम, अवलोकनकर्तालाई हेलीयात्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ। एक्स्पो स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान० र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको हो।

उक्त दोस्रो संस्करणको एक्स्पोको क्रममा स्वदेशी तथा विदेशी प्रदर्शकहरुबाट प्रतिकृया, चहलपहल बढेको आयोजकले जनाएको छ। अयोजकका अनुसार एक्स्पोमा सहभागि हुन ८५ भन्दाबढी प्रदर्शकहरुले सयभन्दा बढी स्टल बुकिङ गरिसकेका छन्। राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक्सपो आगामी माघ ४ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको एक्स्पोमा एक लाख बढी अवलोकनकर्ताको उपस्थिती हुने अपेक्षा गरिएको छ।
 
एक्स्पोमा चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत लगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु सहभागि हुने बताइएको छ। 

जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको सहभागिता व्यापक रहनेछ। जसमा आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरण गायत एक्स्पोको आकर्षण हुने आयोजकको दावी छ। साथै विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धा लगायतको पछिल्ला प्रविधिको पनि एक्स्पोका मुख्य विधागत क्षेत्र  रहेका बताइएको छ।

एक्स्पोमा सहभागि भएर जलविद्युत आयोजना अवलोकन गर्न चाहनेहरुलाई हेलिकोप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणधीन जलविद्युत् आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको छ। उक्त अभियानले समग्र एक्स्पोले हाइड्रो टुरिजममा नेपाललाई विश्व बजारमा चिनाउन सहयोग गर्ने बताइएको छ।

युवा पुस्तालाई लक्षित गरि हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई प्रोत्साहित गर्न हाइड्रो सम्बन्धी विभिन्न प्रतिष्पर्धात्मक कार्यक्रम समेत आयोजना गरिनेछ। 
हाइड्रोपावर सम्बन्धी उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराइ विद्यार्र्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार समेत प्रदानगरिने जनाइएको छ। एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पुरस्कार बितरण गरिने आयोजकको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्