काठमाडौं- नेपाल आयल निगमले आन्तरिक उडानको लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ।
निगमका नायव निर्देशक सुशील भट्टराईले इन्धनको मूल्य शुक्रबारदेखि घट्ने जानकारी दिए। ‘मूल्य बिहीबार राति १२ बजे अर्थात शुक्रबारदेखि लागू हुनेगरी घट्नेछ,’ उनले भने ‘साथै आन्तरिक हवाई भाडा समेत घट्ने देखिन्छ।’ उनकाअनुसार अहिले हवाई व्यवसायीहरुले एक रुपैयाँ घट्दा/बढ्दा भाडा समायोजन गर्ने विधि लागू गरिसकेको छ।
निगमका अनुसार मूल्य घटेपछि आन्तरिक हवाई इन्धन प्रतिलिटर ९४ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ। अहिलेसम्म १०४ रुपैयाँ ५० पैसा रुपैयाँ छ।
निगमले बाह्य हवाई इन्धनको मूल्य समेत घटाउने तयारी गरिरहेको जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४