वीरगंज- मदिरा उत्पादक समूह जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्तर्गतको हिमालयन डिष्टिलरी लिमिटडले शेयरधनीलाई प्रति शेयर २० रुपैयाँ लाभांश बाँड्ने भएको छ।
वीरगंज-२१ लिपनीबिर्तामा अवस्थित उद्योगको सभाकक्षमा सीमित शेयरधनीको भौतिक उपस्थितिमा बुधबार सम्पन्न साधारण सभाले प्रति शेयर कर सहित २१.०५ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो। संचालक समिति अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले आव ०७४/७५ को आयव्यय विवरण पेश गरेका थिए । कम्पनीले सञ्चित मुनाफा ४० करोड ९० लाख रुपैयाँबाट लाभांश वितरण गर्ने भएको हो।
लाभांश वितरण पछि संचित मुनाफाको रकम ३२ करोड ७८ लाख रुपैयाँमा सीमित हुनेछ।
अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को कर्मचारी बोनश खर्च र ७० लाख ३३ हजार रुपैयाँ रहेको थियो। २०७४-०७५ मा ४ करोड ४० लाख १० हजार रुपैयाँ कर्मचारी बोनश वापत विनियोजन गरिएको छ।
कम्पनीको जम्मा पूँजी ९० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको चुक्ता पूँजी ३८ करोड ५१ लाख ४५ हजार रुपैयाँ रहेको छ।
यस कम्पनीमा ६२ प्रतिशत शेयर स्वामित्व संस्थापक शेयरधनीको र बाँकी सर्वसाधारण शेयरधनीको रहेको छ। कम्पनीको बजार पूँजीकरण ५ अर्ब १६ करोड रुपैयाँ रहेको छ।
कम्पनीका सचिव नेत्र प्रसाद तिम्सिनाले ९५.६० प्रतिशत शेयरधनीको प्रतिनिधित्वमा साधारण सभा सम्पन्न भएको जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४