बुधबार, साउन १३, २०८३

एनआईसी र वर्ल्ड रेमिटबीच रेमिटेन्स सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– एनआई सी एशिया बैंक लिमिटेडले वर्ल्ड रेमिट लिमिटेडसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ। बैंकले यस सम्बन्धमा वर्ल्ड रेमिट लिमिटेड, यूकेसँग सम्झौतागरि नेपाल राष्ट्र बैंकबाट सोमबारमा स्वीकृतिप्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो।
 
उक्त सम्झौताअनुसार वर्ल्ड रेमिट लिमिटेडमार्फत कतार, साउदी अरब, युएई, कुवेत, जापान, क्यानडा, अष्ट्रिलया, न्यूजल्यान्ड, यूके, यूएसए र यूरोपलगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम बैंकका मुलुकभर फैलिएको २७० वटा शाखाकार्यालयहरु तथा ६,७०० भन्दा बढी सहायकप्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमाभुक्तानीपाउन सकिने छ । 

वर्ल्ड रेमिट लिमिटेड को ग्राहकहरुले एजेन्टका मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो मोबाइलमार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्नेछन्। यो सेवाले ग्राहकहरुको समय तथा पैसाको बचत हुनेछ । 

वर्ल्ड रेमिट लिमिटेड को न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने वर्ल्ड रेमिट लिमिटेडमार्फतका कारोबार वार्षिक १६ प्रतिशतले वृद्घि भइरहेको छ। वर्ल्ड रेमिट लिमिटेड ले आफ्नाग्राहकवर्गहरुलाई आफ्नो परिवार तथा साथीहरुलाई विभिन्न माध्यमजस्तै क्यास, पकअप, तथा बैंक ट्रान्सफरद्वारा पैसा पठाउने सेवा दिइरहेको छ ।

एनआई सी एशियाबैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७०शाखाकार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएकोछ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १४७ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफल भइसकेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्