बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिन्धुलीको सबैभन्दा अग्लो डाँडामा फिक्कल महोत्सव, यस्ता छन् आकर्षण

सिन्धुलीको सबैभन्दा अग्लो डाँडामा फिक्कल महोत्सव, यस्ता छन् आकर्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सिन्धुलीको पर्यटकीय स्थल फिक्कलको प्रबर्धन गर्न फिक्कल महोत्सव गरिने भएको छ। सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो फिक्कल डाँडालाई विश्वसामु चिनाउन माघ २ देखि
महोत्सव आयोजना गर्न लागिएको हो।

फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गरेका थिए। अयोजकका अनुसार फिक्कल डाँडाको उचाइ सात हजार ७७१ फिट छ। उत्तरतिर विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा लगायतका १४ वटा हिमश्रृङ्खलाहरु देख्न सकिन्छ।

त्यस्तै दक्षिणतर्फ होचिंदै गएका रमणीय डाँडाकाँडा एवं तराईको समतल फाँट नियाल्न सकिन्छ। उक्त फिक्कल डाँडाबाट सूर्योदय र सूर्यास्तको दृष्य अत्यन्तै मनमोहक हुने फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताइन्। 

उनका अनुसार फिक्कलको उत्तरतिर रहेको महाकाली देवी स्थान नजिकमा रहस्यमय प्राकृतिक गुफाहरु छन्। आसपासका वन जंगलमा बहुमूल्य जडिबुटी पाइन्छ। धार्मिक तथा प्राकृतिक विशेषतायुक्त फिक्कललाई पर्यटकीय स्थलको रुपमा स्थापित गराई आन्तरिक र वाह्य पर्यटक प्रवद्र्धन गर्न गर्नु पर्ने बताइएको छ। फिक्कलको पर्यटकीय महत्वलाई प्रवद्र्धन गर्न सके गाउँपालिकाको आर्थिक र सामाजिक समृद्धि गर्न सकिने उनीहरुको दावी छ। 

महोत्सवले फिक्कल गाउँपालिकामा रहेका संभावित क्षेत्रहरु कृषि, जलश्रोत, पर्यटन, जडिबुटी लगायत क्षेत्रको जानकारी तथा प्रचार प्रसार गर्ने अयोजकले अपेक्षा राखेको छ।

स्थानीय उत्पादनको प्रचार-प्रसार, विक्री एवं प्रवद्र्धन गर्न साझा, औपचारिक एवं अल्पकालिन बजार उपलब्ध गराउने, विभिन्न जातजातिका सांस्कृतिक पक्षहरुको प्रचार प्रसार गर्ने, स्थानीय स्तरमा गरिएको किवी खेती र आलु पकेट क्षेत्रको दृश्यावलोकन लगायत गरिने बताइएको छ।

महोत्सवको अवसरमा गाउँपालिका क्षेत्र भएर वग्ने सुनकोशी नदीमा र्‍याप्टिङले थप मनोन्जन प्रदान गर्ने बताइएको छ। ६ दिनसम्म चल्ने महोत्सवमा १ लाख पर्यटक भित्र्याउने अयोजकले अपेक्षा गरेको छ।

महोत्सवका  मुख्य आकर्षणहरु

स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ, दुग्धजन्य बस्तु तथा अल्लोका कपडाहरुको प्रदर्शनी गरिनेछ। गाउँपालिका भित्रका मौलिक उत्पादनहरुको प्रतियोतात्मक प्रर्दशनी, कृषिजन्य उत्पादनको प्रदर्शनी, वित्तिय संस्था तथा अन्य सेवामुलक संघ/संस्थाहरुको सेवाबारे जानकारी, लगायत रहेका छन्। मेलामा गाउँपालिका भित्रका विभिन्न जातजातिका झाँकी तथा नृत्य प्रदर्शन गरिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्