सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इयूका उच्च कूटनीतिज्ञ युक्रेनबारे वार्ताका लागि अमेरिका जाँदै

इयूका उच्च कूटनीतिज्ञ युक्रेनबारे वार्ताका लागि अमेरिका जाँदै

 |  सोमबार, फागुन १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

vianetvianet

ब्रसेल्स- युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख काजा कल्लासले आफ्ना समकक्षी मार्को रुबियोसँग वार्ताका लागि मङ्गलबार अमेरिका जाने बताएका छन्।

triton college

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मस्कोसँग तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि वार्ता सुरु गरेर किएभ र यसका समर्थकहरूलाई किनारा लगाएपछि युरोप अमेरिकालाई आफ्नो आवाज सुनाउन आतुर छ।

‘तपाईं (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनसँग जे चाहनुहुन्छ त्यही छलफल गर्न सक्नुहुन्छ, तर यदि यो युरोप वा युक्रेनको कुरा आउँछ भने युक्रेन र युरोपले पनि यो सम्झौतामा सहमति जनाउनुपर्छ,’ सोमबार इयूका विदेशमन्त्रीहरूको बैठकमा पत्रकारहरूसँग अमेरिकी राष्ट्रपतिलाई सङ्केत गर्दै कल्लासले भने।

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई कमजोर बनाउन चाहेको आशङ्कालाई बढावा दिएका थिए। उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध व्यापक दवाव सिर्जना गरेका थिए। यसले रूसी बयानबाजीलाई प्रतिबिम्बित गर्दछ, जसमा उनलाई ‘तानाशाह’ पनि भनिएको छ।

‘संयुक्त राज्य अमेरिकाबाट आएका सन्देशहरू हेर्ने हो भने, यो स्पष्ट छ कि त्यहाँ रूसी आवाजलाई धेरै बलियो रूपमा प्रतिनिधित्व गरिएको छ,’ कल्लासले भने।

National life insurance

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले सोमबार ह्वाइट हाउसमा अमेरिकी नेतालाई भेट्ने कार्यक्रम तय भएपछि ट्रम्प प्रशासनमा युरोपेली समुदायको बढ्दो पहुँचबीच कल्लासको वासिङ्टन भ्रमण हुन लागेको हो।

इयूका शीर्ष कूटनीतिज्ञले ब्रसेल्सका विदेशमन्त्रीहरूले किएभलाई प्रमुख हतियारको आपूर्ति बढाउने प्रस्तावमा छलफल गर्ने तर आपूर्तिका लागि समग्र यूरो मूल्यमा सम्झौता हुने सम्भावना नरहेको बताएका छन्।

समूहले मस्कोमाथि औपचारिक रूपमा १६ औँ चरणको प्रतिबन्ध लगाउने छ जसमा रूसबाट आल्मुनियम आयातमा प्रतिबन्ध पनि समावेश छ। रासस/एएफपी

प्रकाशित: Feb 24, 2025| 17:31 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्