आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु

 |  आइतबार, असोज ११, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०८३

काठमाडौं। दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरमा भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

जोहानेसबर्गनजिकै शनिबार साँझ एक मदिरालयमा आठ जना बन्दुकधारीले गोली चलाउँदा १७ जनाको मृत्यु र १५ जना घाइते भएका छन्।

त्यस्तै, केप टाउननजिकै आइतबार बिहान मनोरञ्जनस्थलबाहिर भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

दुवै घटनामा गोली चलाउनुको कारण खुलेको छैन र आइतबार बिहानसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन। दक्षिण अफ्रिकामा गैरकानुनी हतियार तथा समूहगत हिंसाका कारण गोलीकाण्ड र हत्याका घटना लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएका छन्।

प्रकाशित: Sep 27, 2026| 18:19 आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्