आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

काबुल कब्जा गरेसँगै तालिबानले भन्यो- युद्ध समाप्त भयो

विद्राही तालिबान समूहले अफगानिस्तान कब्जा जमाएको छ। योसँगै तालिबानले देशमा युद्ध समाप्त भएको घोषणा गरेको छ।
 |  सोमबार, साउन ३२, २०७८
nespernesper

बीबीसी

बीबीसी

सोमबार, साउन ३२, २०७८

काबुल- विद्राही तालिबान समूहले अफगानिस्तान कब्जा जमाएको छ। योसँगै तालिबानले देशमा युद्ध समाप्त भएको घोषणा गरेको छ। तालिबानका एक प्रवक्ताले अल जजिरासँग भनेका छन् , 'अफगानिस्तानमा युद्ध सकिएको छ।' उनले देशको मुक्ति अनि जनताको स्वतन्त्रताका लागि आफूहरुले चाहेको कुरा पाएको बताए। अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्‍याउने उनको दाबी छ। केही दिनदेखि देशका ठूला सहर  नियन्त्रणमा  लिँदै आएको तालिबानले आइतबार राजधानी काबुल कब्जा गरेको थियो।

triton college

राष्ट्रपति असरफ घानी देश छाडेर भागेका छन्। राष्ट्रपति घानी उज्बेकिस्तानतर्फ गएपछि उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएका छन्। आइतवार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए। राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेको दाबी विद्रोहीको छ।

प्रत्यक्षदर्शीहरु भन्छन्- 'काबुलमा अराजकता छाएको छ र त्यहाँका निवासी एवम् विदेशी नागरिकहरू काबुलबाट बाहिर निस्कन खोजिरहेका छन्।' अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै २० वर्षपछि त्यहाँ तालिबान फर्केको अवस्थाले कैयौँ अफगान त्रसित बनेका छन्। काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रत्यक्षदर्शीले बताएअनुसार त्यहाँ कर्मचारीले आफ्नो कार्यस्थल छाडेका र मानिसहरू जहाजतर्फ दौडिरहेका थिए।

अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेको उसका ६ हजार फौजलाई अब विमानस्थल परिसरको सुरक्षामा खटाइने बताइएको छ।अमेरिकासहित पश्चिमा देशहरूले हतारहतार आफ्ना नागरिक तथा अन्यको काबुलबाट उद्धार गरिरहेको बताइएको छ। लगभग सबै विदेशी सैनिकले अफगानिस्तान छाडेपछि विद्रोही समूहले आफ्नो नियन्त्रण कायम गर्न सफल भएको हो।

तालिबानले आइतवार आफ्ना लडाकुलाई काबुलमा प्रवेश गर्न आदेश दिएको थियो। सुरुमा उसले आफ्ना लडाकुलाई काबुल वरिपरि मात्र तैनाथ गरेको थियो।

Metro Mart
vianet
अल जजिरा टेलिभिजनले प्रसारण गरेका भिडिओ फुटेजहरूमा तालिबान लडाकुहरू राष्ट्रपति भवनभित्र हतियारसहित देखिएका छन्।

सुरक्षा फौजले राजधानीका भाग छाडेपछि त्यहाँ उत्पन्न अराजकता र लुटलाई रोक्न गइरहेको तालिबानले बताएको थियो।

अल जजिरा टेलिभिजनले प्रसारण गरेका भिडिओ फुटेजहरूमा तालिबान लडाकुहरू राष्ट्रपति भवनभित्र हतियारसहित देखिएका छन्।

यसबीच सरकार र तालिबानका प्रतिनिधि सम्वाद भएको थियो। त्यसपछि राष्ट्रपति घानी देश छोडेर गएका छन्। गनी ताजिकिस्तान गएको बताइएको छ। तर, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन। गनीको साथमा उपराष्ट्रपतिसहित अन्य शीर्ष नेताहरू पनि देश छोडेर गएको समाचारमा उल्लेख छ।

तालिबानको क्रूर शासन र अनिश्चितताले आत्तिएका नागरिक पनि देश छोडेर भागिरहेका छन्। तालिबानका प्रवक्ता जबीहुल्ला मुजाहिदले आफ्ना लडाकुलाई काबुलमा लुटपाट रोक्न भनिएको जनाएको छन्। किनकि प्रहरीहरू पोस्ट छोडेर भागिसकेका छन्।

अफगानिस्तानमा करिब दुई दशकपछि तालिबानले फेरी कब्जा जमाएको छ। २००१ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र अन्य स्थानमा अलकायदा आतंककारीले हमला गरेका थिए। त्यसपछि अफगानिस्तानमा अमेरिकी हमलापछि तालिबानले सत्ता छोडेर भाग्नुपरेको थियो। २० वर्षपछि अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्दा तालिबानले फेरि कब्जा जमाएको छ।


प्रकाशित: Aug 16, 2021| 07:56 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।