बुधबार, साउन १३, २०८३

एनआईसीलाई आईएसओ ९००१ː २०१५ प्रमाणपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आम जनताको मन जित्न सफल एनआईसी एशिया बैंक लिमिटेडले पुनःअर्को गरिमामयप्रमाणपत्रपाउन सफलभएको अवगत गराउनपाउँदाअत्यन्तगौरवान्वितभएका छौं। 

यस बैंकले पछिल्लो पटक ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː २०१५’पाउन सफलभएको छ ।यस्तो अवार्डले प्रदान गर्ने गर्दछ।

पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखी योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकीय क्षमतामा आधारित सेवा आदीमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवादिन सफलभएकाले नै यो अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाउन बैंक सफल भएको  छ।

यस बैंक शाखा सञ्जाल, ग्राहक संख्या, वासलातको आकार आदिको हिसाबमापनि अग्रणी बैंक बन्न सफलभइसकेको छ । हाल यस बैंकले २७० शाखाकार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटाएक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एंवआधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ। 

हाल यस बैंकको वासलातको आकार रू. २१५ अर्बभन्दा बढी पुगेको छ भने कुलनिक्षेपकरिब रू. १६९ अर्ब तथाकर्जा रू. १४६ अर्ब पुगिसकेको छ । हालसम्मग्राहक संख्याकरिब १४ लाख पुर्‍याउन सफलभइसकेको यस बैंकले सरकारको नीतिअनुरूप नेपालका दूरदराजमा समेत शाखाकार्यालय स्थापना गरेर ग्रामीण क्षेत्रकाजनतालाई पनि बैंकिङ पहुँचमाल्याउनअभियान नै चलाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्