काठमाडौं- टाटा मोटर्सले नेपाली बजारमा ‘योङ्गेस्ट कम्प्याक्ट युटिलिटी भेहिकल-टाटा एनआरजी’ सार्वजनिक गरेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकहरुको बड्दो आकांक्षालाई ध्यानमा राखेर उक्त भेहिकल सार्वजनिक गरेको हो।
काठमाडौंमा मंगलबार सार्बजनिक गरेको उक्त भेहिकल कम्पनीले नेपालकै सबैभन्दा योङ्गेस्ट कम्प्याक्ट युटिलिटी भेहिकल (सीयूभी) को रुपमा रहेको बताएको छ। साथै कम्पनीले एसयुभीबाट सवारी सधानको बिक्री शुरु गरेको समेत जानकारी गराएको छ।
सार्वजनिक कार्यक्रममा टाटा मोटर्सको इन्टरनेशनल बिजिनेश प्यासेन्जर भेहिकल्सका प्रमुख सुजन रोयले सवारी पारखीको बढ्दो ट्रेन्डलाई ध्यानमा राखेर एसयूभी ल्याउन चाहेको बताए। ‘आज नेपाली बजारमा सबैभन्दा योङगेस्ट ‘सीयूभी’को रुपमा टाटा एनआरजी सार्वजनिक गरेका छौ,’ उनले भने।
कार्यक्रममा ट्रेडिंगका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले केही फरकको खोजीमा टाटा एनआरजी निस्केको बताए। उनले भने, ‘बेजोड डिजाइन र प्रविधि रहेको यो भेहिकलले बजार हिस्सा बढाउन सहयोग गर्ने अपेक्षा गरेका छौं।’ ग्राहकलाई गुणस्तरीय यात्रा उपलब्ध गराउनेमा कम्पनी ढुक्क रहेको उनको भनाइ छ।
टाटा एनआरजी १.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिनमा उपलब्ध छ। जसमा ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा छ। कार मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट गरि तीन आकर्षक रंगमा उपलब्ध छ। यसमा कालो छत र रुप रेल समेत हुने बताइएकोछ ।
कम्पनीले काठमाडौंको शोरुममा पेट्रोल संस्करण उक्त कारलाई २९ लाख ५५ हजार शुरुवाती मूल्य तोकेको जानकारी गराएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४