आइतबार, जेठ ३१, २०८३

रातभरको अपरेशनमा २३ जना समातिए 

 |  सोमबार, माघ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २८, २०८१
National life
Shivam cement

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले हिजो रातिदेखि आज बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरी उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप र रु ८१ हजार नगद बरामद गरिएको जानकारी दिए।

स्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ।  
 

प्रकाशित: Feb 10, 2025| 18:55 सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्