सोमबार, पुस ७, २०८२

छविलाल जोशीलाई पुर्पक्षमा पठाउन अदालतको आदेश

 |  सोमबार, माघ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २८, २०८१

सहकारीको रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

National life

सोमबार अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको भन्दै जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता भएको थियो। यही मुद्दामा रवि भने धरौटीमा छुटेका छन्। रुपन्देही अदालतले लामिछानेसँग एक करोड रूपैयाँ धरौटी मागेका थियो।

जोशी गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष एवं सञ्चालन हुन् भने लामिछाने प्रबन्ध निर्देशक हुन्। 

जोशीसँग यसअघि सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतले ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा काठमाडौं  जिल्ला अदालतले ५० लाख धरौटी माग्ने आदेश गरेको थियो। अदालतले मागेको धरौटी बुझाएर उनी छुटेका थिए।

Laxmi sunrise bank
kumari

जोशीविरुद्ध साहारा चितवन सहकरीको रकम अपचलनको समेत मुद्दा छ। सहकारी ठगीकै मुद्दामा रविलाई कास्कीमा ६५ लाख, काठमाडौंमा ६० लाख र चितवनमा ५४ लाख धरौटी माग भएको थियो। उनले हालसम्म धरौटी मागेका सबै अदालतमा गरेर २ करोड ८० लाख बुझाइसकेका छन्।

प्रकाशित: Feb 10, 2025| 18:45 सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्