काठमाडौं- सनराइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
ग्राहकहरुले सनराइज बैंकका देशभरिका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन्। यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंक विश्वस्त छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४