बुधबार, साउन १३, २०८३

झापामा महको ल्याब टेस्ट मेसिन उपलब्ध गराइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- झापाको बिर्तामोडमा नेपाल मौरीपालक महासंघको २०औं वार्षिक साधारणसभा तथा राष्ट्रिय मौरीपालक किसान सम्मेलन भएको छ। सम्मेलनलाई सम्बोधन गर्ने क्रममा कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले मौरी पालक किसानको लागि आवश्य महको गुणस्तर जाँच्ने ल्याब टेस्ट मेसिन सरकारले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।  

त्यस्तै उनले अहिले पनि कृषि क्षेत्रको ठूलो हिस्सा परम्परागत खेती  गरिरहेको बताए। त्यसलाई उल्टाउनु आजको आवश्यक रहेको उनको भनाइ छ।‘परम्परागत खेती प्रणालीमा सुधार गरि आधुनिकीकरणतर्फ लैजानु पर्छ,’ उनले भने ‘जब कृषिमा मोह हराउँदै गयो, वर्षौदेखि खेती गरिरहदा पनि जीवन शैली बदलिएन युवा जनशक्ति बिदेशिन थाल्यो।’ 

उनकाअनुसार कृषि मर्यादित काम हो भनेर चिनाउनु आजको आवश्यकता हो। अबको पाँच बर्षभित्र कृषिमा ठूलो फड्को मार्नु पर्छ। 

आयातित दूधमा करको दायरा बढाएपछि दूध किसानले राहत पाउदै गरेता पनि चोरी निकासी गरेर पाउडर आयात गर्ने काम अझै नरोकिएको उनको भनाइ छ। किसानहरुले कार्यक्रममा मौरीपालक किसानले भरपर्दो स्थयी बजार, मह संकलन र भण्डारण केन्द्रको अभाव, महको गुणस्तर नाप्ने ल्याब लगायत समस्या रहेको भन्दै समाधानको माग गरेका छन्। 

महासंघका अध्यक्ष शिवप्रसाद शर्माका अनुसार अहिले मौरीको गोला संख्या मुलुकभर एक लाख ७० हजार छ भने वार्षिक दुई हजार पाँच सय टन मह उत्पादन हुने गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्