आइतबार, पुस ६, २०८२

कर्णालीमा एक लाख २० हजार किशोरीलाई 'एचपिभी' खोप लगाइने

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

कर्णाली- राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कर्णालीमा आजदेखि पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान शुभारम्भ भएको छ।

National life

प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सुर्खेत लेकबेँसी नगरपलिका- ४ दशरथपुरस्थित श्री जीवनज्योति माध्यमिक विद्यालयमा आज खोप अभियान शुभारम्भ गरे। उनले खोप अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणमा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गरे।

स्वास्थ्य समस्याका कारण नागरिकले पीडा महसुस हुन नदिन प्रदेश सरकार गम्भीर रहेको बताउँदै मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिको हकमा बीमा उपचारसँगै थप ५० प्रतिशत सहुलियत गर्ने योजना रहेको सुनाए। दीर्घरोग उपचारका लागि समेत सरकारले योजना निर्माण गरिरहेको उनले जानकारी दिए।

खोप अभियानका क्रममा कर्णाली प्रदेशभर करिब एक लाख २० हजार किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य रहेको छ।

प्रकाशित: Feb 05, 2025| 09:01 बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्