बुधबार, साउन १३, २०८३

भन्सार बढेपछि मोबाइल आयातमा भारीले गिरावट  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज-  मोबाइल आयातमा दिंइदैं आएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको सुविधा हटाइएपछि मोबाइल आयातमा भारीले गिरावट आएको छ । चालू आर्थिक वर्षदेखि सरकारले भ्याट सुविधा खारेजीको साथै मोबाइल आयातमा भन्सार महशुल वृद्धि गरेको छ ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आर्थिक वर्षको पाँच  महिनामा स्मार्ट फोन मोबाइलको आयातमा ५५ प्रतिशतले कमी आएको हो । चालू आर्थिक वर्षको १६ पुससम्ममा जम्मा १ लाख १० हजार ६ सय ९८ थान विभिन्न ब्रान्डको मोबाइल भित्रिएको छ । वीरगंज भन्सारका सूचना अधिकारी मनीष महतोका अनुसार गत आवमा १६ पुससम्म २ लाख ४९ हजार २ सय ८० थान मोबाइल भित्रिएको थियो ।

गतवर्ष मोबाइल आयातबाट यो अवधिमा ३ करोड ५ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । व्यापारीले २३ करोड ५१ लाख ६० हजार मूल्य बराबरको स्मार्टफोन मोबाइल भित्र्याएका थिए ।

 यो वर्षको सोही अवधिमा २ करोड १४ लाख ५५ हजार रुपैयाँ असुली भएको छ । व्यापारीले ११ करोड ५२ लाख ७३ हजार रुपैयाँ बराबरको  स्मार्टफोर्न आयात गरेको वीरगंज भन्सार कार्यालयले जनाएको छ । यसवर्ष भित्रिने स्मार्टफोनमा चौधरी समूहले चीनबाट अधिकांश स्मार्टफोन आयात गरेको छ । 

पहिले मोबाइल आयातमा भन्सार विन्दुमा १३ प्रतिशत भ्याट मात्र लिने गरेकोमा  चालु आवदेखि ५ प्रतिशत भन्सार महसुल समेत लागू गरिएको छ । पछि व्यापारीले भ्याटवापतको पचास प्रतिशत रकम फिर्ता पाउँथ्ये ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्