बुधबार, साउन १३, २०८३

प्रधानको नेतृत्वमा फर्निचर संघको नयाँ कार्यसमिति  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल फर्निचर तथा फर्निसिङ संघमा नयाँ नेतृत्व चयन भएको छ। संघको १९ औं बार्षिक साधारणसभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

संघको साधारण सभाले नयाँ कार्यसमितिका सबै पदाधिकारी निर्विरोध रुपमाचयन गरिएको जानकारी गराइएको छ। संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र जोशी, उपाध्यक्षमा दिनेश अग्रवाल र मनिष अग्रवाल चयन भएका छन्। 

त्यसैगरी महासचिवमा ओम बस्नेत, कोषध्यक्षमा पूर्ण ब्रज्राचार्य, सचिवमा अर्जुन घिमिरे र सह कोषाध्यक्षमा सुष्मा लम्साल चयन भएका छन्। निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल सहित संघको १९ सदस्यीय कार्य समितिमा अरुणकुमार चौधरी, किरण वगिडिया, केदारनाथ बस्ताकोटी, योगेन्द्र कार्की, डम्बर पराजुली, रमिता श्रेष्ठ र दिलबिक्रम श्रेष्ठ निर्वाचित भएकाछन्। थप तीन जना सदस्य भने मनोनयन गरिने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्