बुधबार, साउन १३, २०८३

‘टीच फर नेपाल’लाई सनराइजको सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सनराइज बैंक लिमिटेडले ‘टीच फर नेपाल’लाई अर्थिक सहयोग गरेको छ। संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख रुपैयाँको चेक बैंकले संस्थालाई हस्तान्तरण गरेको हो। 

टीच फर नेपालले शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामिण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न,  सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै सार्वजनिक शिक्षालाई सबल बनाउने कार्य गर्दै आएको छ। 

उक्त संस्था गुणस्तरिय शिक्षा उपलब्ध गराउने उदेश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न विश्व विद्यालयहरुबाट स्नातक तह उत्तीर्ण युवाहरुलाई स्वयंमसेवी शिक्षकको रुपमा अध्यापन गराउदै आएको जनाएको छ।

सहयोग रकमको चेक बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, ज्योतिकुमार बेगानी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा टीच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्