बुधबार, साउन १३, २०८३

बेनी र कुश्मामा आइएमई लाइफइन्स्योरेन्सको नयाँ शाखा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको उद्देश्य अनुरुप व्यापार व्यवसाय विस्तार तथा प्रबद्र्धन गर्ने क्रममा पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ। शाखाहरुको उद्घाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले गरेका हुन्।
 
उद्घाटनको क्रममा अध्यक्ष अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पुर्याउने उद्देश्यले शाखा विस्तार गरेको बताए। ‘मुलुकका विभिन्न स्थानमा सेवा विस्तार गर्दै जानेछौं,’ उनले भने।

कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ। कम्पनीका अनुसार बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ। कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बिमा योजनाहरु ल्याएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्