बुधबार, साउन १३, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज पुस २३ गते साेमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

के साँच्चै देशको अवस्था खत्तमै छ ? 

विभिन्न समाचार माध्यम र विशेष गरेर सामाजिक सञ्जाल हेर्दा लाग्छ, देश त खत्तमै हुन लाग्यो । जताततै निराशा, क्षोभ र अवशादको प्रचार प्रसार भइरहेको देखिन्छ । यो देश खत्तमै हुन लाग्यो, एक प्रकारको थेगै भएको छ । यो थेगो आजको जस्तो डिजिटल सञ्चार प्रविधि नहुँदा पनि थियो । यो आजैको मात्र रुवाइ होइन, धेरै पुरानो हो । तीन दशकअघि यस्तै सुनिन्थ्यो, आज पनि त्यही सुनिन्छ, खत्तम छ । सायद तीन दशकभन्दा पहिला पनि यस्तै सुनिन्थ्यो । देशलाई सधैं अस्तित्वकै संकट भएजस्तो, सधैं अविश्वास र शंका, यो हाम्रो मानसिकता हो कि यथार्थ नै यस्तै छ ? आज आफैंतिर फर्केर प्रश्न गर्न मन लागेको छ ।

रेशम चौधरीलाई जेलमै राख्न सर्वाेच्चको आदेश

गत बिहीबार मात्र  संसादको शपथ लिएका रेशम चौधरी थुनामुक्त नहुने भएका छन्।

आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ।

प्रश्नपत्रमा त्रुटिप्रति सञ्जालको आपत्ति

राष्ट्रिय परीक्षा बोर्डद्वारा आइतबार सञ्चालित कक्षा ११ को अनिवार्य नेपाली विषयको ग्रेड वृद्धि परीक्षाको प्रश्नपत्रमा अक्षम्य र आपत्तिजनक त्रुटि रहेकोप्रति मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ।

यस्ता छन् टेलिकमका प्रबन्ध निर्देशकका कार्ययोजना

 नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने तथा एक करोड लाइन क्षमताको टुजी र थ्रिजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने बताएका छन्। सोमबार पदभार ग्रहण गरेपछि उनले मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटिटिएच सेवालाई मुख्य सहरहरु तथा पकेट क्षेत्रहरुमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने बताए।

मन्त्री बाँस्कोटा प्रकरण ३ : अर्बको योजनामा ‘छड्के नजर’

सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटा योजनाबद्ध सेटिङमा नेपाल टेलिकमका प्रबन्धनिर्देशक नियुक्त गर्न सफल भएका छन्। आफूले भनेको व्यक्तिलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेपछि अब सञ्चारमन्त्री बाँस्कोटाको आँखा एमडिएस खरिद प्रक्रियामा परेको छ। मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीका सूचना प्रविधि (आइटी) सल्लाहकार अस्गर अलीसँगको मिलेमतोमा एमडिएस खरिद गर्न लागेका छन्।

त्रिविद्वारा स्ववियु चुनावको तयारीका लागि निर्देशन

त्रिभुवन विश्वविद्यालयले सबै आङ्गिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार उपत्यका भित्र र बाहिरका सबै आङ्गिक क्याम्पसहरुलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो। 

उखुमा बिचौलियाको हालीमुहाली, किसान मर्कामा

सरकारले हालै सार्वजनिक गरेको उखुको दररेटअनुसार कञ्चनपुरका किसानले मूल्य पाउन सकेका छैनन । सुदूरपश्चिम प्रदेशकै एकमात्र ठूलो चिनी मिल भागेश्वर चिनी मिलले सरकारी दरअनुसारको मूल्य दिन नसकेपछि किसान मर्कामा परेका हुन्। 

प्रदेश १ : राजधानी र नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन अन्योलमा

राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन। पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो। साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन। 

हावाबाट बल्यो झलमल बत्ती

पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ। नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उनी खुशी छिन्। उनीलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ। 

गण्डक नहरमा भारतको मुख ताक्नुपर्ने बाध्यता

नवलपरासीको नारायणी नदीबाट भारतीय भूमि हुँदै पुनः नेपाल प्रवेश गर्ने गण्डक नहरमा पूर्वनिर्धारित समयभन्दा साता दिन ढिलो हुँदा समेत किसानले सिँचाइका लागि पानी पाउन सकेका छैनन्।

वाइडबडी भ्रष्टाचारमा प्रेम राईलाई उन्मुक्ति, रवीन्द्रसहित ६ माथि कारबाही सिफारिस

नेपाल वायु निगमको वाइड बडी खरिद प्रकरणमा संलग्न गृह मन्त्रालयका सचिव प्रेम राईलाई सार्वजनिक लेखा समितिले जोगाएको छ ।

फेरि अनशन बस्ने डा. केसीको चेतावनी, उपसमितिको प्रतिवेदनमा आपत्ति

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक अघि बढाउने क्रममा संसदीय उपसमितिको प्रतिवेदनप्रति आपत्ति जनाउँदै फेरि अनशन बस्ने चेतावनी दिएका छन् । 

न्याय नपाएपछि श्रीमान बितेकै ठाउँमा आत्महत्या 

कैलालीमा न्याय नपाएपछि एक महिलाले आत्महत्या गरेकी छिन । भासु भिरमा सडक बनाउने क्रममा रोलर च्यापेर मृत्यु भएका श्रीमानले न्याय नपाएको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने भागरति बिकले आत्महत्या गरेकी हुन ।

दीपकराज जोशीलाई जिम्मेवारी मुक्त गरेकोमा बार आक्रोशित 

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश दीपकराज जोशीलाई वरिष्ठताबाट हटाउने, न्यायपरिषद् सदस्यबाट अलग्याउने र संवैधानिक परिषद्बाट हटाउने कार्य गरेको भन्दै आक्रोश ब्यक्त गरेको छ । 

पत्रकार सम्मेलन गर्दै पर्यटनमन्त्री अधिकारी, राजीनामा नदिने !

पर्यटन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी खरिदमा भएको अनियमितता बारे मुख खोल्ने भएका छन । 

वाइडबडी घोटाला प्रतिवेदन पारित हुँदै, कंसाकार र देवकोटा निलम्बनमा !

शुक्रबार ४ घण्टा बैठक बसेर पनि उपसमितिको प्रतिवेदन पारित गर्न नसकेको सार्वजनिक लेखा समितिको बैठक सोमबार बस्दै छ । आजको बैठकले प्रतिवेदनमाथि थप छलफल गर्दै केहि परिमार्जनसहित पारित गर्ने स्रोतले जनाएको छ । 

अकस्मात बद्लियो मौसम, ठाउँ ठाउँमा वर्षा र हिमपात

अकस्मात काठमाडौं उपत्यकासहित देशभरको मौसम बद्लिएको छ । सोमबार बिहानैबाट ठाउँ ठाउँमा वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।