शुक्रबार, जेठ २२, २०८३

अध्यादेशको प्रतिरक्षा गर्ने कांग्रेसको निर्णय

 |  शनिबार, माघ १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, माघ १२, २०८१

काठमाडौं- सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदन (संसद् बैठक)मा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ। 

National life

शनिबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीसहित सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूको संयुक्त बैठकबाट अध्यादेशबारे आफ्ना सांसदहरूसँग सघन रूपमा छलफल गरेर सदनमा एकढिक्का भई प्रतिरक्षा गर्ने निर्णय गरिएको हो।

कांग्रेसका तर्फबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधि चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको बैठकमा जानकारी गराएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। अध्यादेशका बारेमा संसदीय दलको बैठकबाट समान धारणा बनाइने र संसद्‌मा त्यहीअनुसार प्रस्तुत हुने उनले जानकारी दिए।

सरकारको कामका बारेमा समेत मन्त्रीहरूले बैठकमा जानकारी गराएका थिए।

विचाराधीन विधेयकलाई छिटो अघि बढाएर संसद्को आउँदो अधिवेशनबाटै पारित गर्ने गरी छलफल गरिने महतले बताए। संविधान संशोधनको विषयलाई छिटो अघि बढाउन सरकारी तहमा संयन्त्र नै गठन गरेर अघि बढ्ने जानकारी आएको उनले उल्लेख गरे।

Shivam cement

कांग्रेस सभापति शेरबहादुुर देउवाले सरकारमा गएका मन्त्रीहरूलाई केही समस्या भए पार्टीमा कुरा राख्न बैठकमा निर्देशन दिएका थिए।

अध्यादेशलगायत विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आइतबार (भोलि) बस्दैछ।

प्रकाशित: Jan 25, 2025| 18:32 शनिबार, माघ १२, २०८१
प्रतिक्रिया दिनुहोस्