शुक्रबार, जेठ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा, आज पनि राखिएन हिरासतमा

रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा, आज पनि राखिएन हिरासतमा

 |  बिहीबार, माघ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १०, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछानेको थुनछेक बहस आज हेर्दाहेर्दैमा राखिएको छ। 

National life

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बुधबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका रविलाई थुनामा राख्न माग गर्दै बिहीबारबाट थुनछेक बहस सुरु भएको छ। हिजो उनको बयान भएको थियो।

जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस भइरहेको छ। 

आज पनि रविलाई परिवारको जिम्मा लगाएर छाडिएको छ। हिजो पनि उनले हिरातमा बस्नुपरेको थिएन। आज बिहानदेखि सुरु भएको थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर भोलि बिहान साढे १० बजे उपस्थित हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मामा पठाइएको छ।

शुक्रबार जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुने बताइएको छ।

Shivam cement

प्रकाशित: Jan 23, 2025| 19:35 बिहीबार, माघ १०, २०८१
प्रतिक्रिया दिनुहोस्