सोमबार, जेठ १९, २०८२

बझाङमा १२ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

 |  बिहीबार, माघ १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १०, २०८१

vianetvianet

बझाङ जिल्लाका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ। यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य उक्त कार्यालयका प्रमुख लालबहादुर धामीले बताए। उनले १२ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान चलाउने बताए।

विद्यालय जाने गाउँका किशोरीलाई उमेरका आधारमा खोप लगाइने उनले बताए। साइपाल गाउँपालिकामा विद्यालय जाने किशोरी १७४ जना र नजाने २० जना गरी १९४ जना, बुंगल नगरपालिकामा दुई हजार ५८, जयपृथ्वी नगरपालिकामा एक हजार ३०६, सुर्मा गाउँपालिकामा ५७७, तलकोटमा ८२५, मष्टामा ९११, छविसपाथिभेरामा ७५९, दुर्गाथलीमा ७६१, केदारस्युँमा एक हजार ६६९, बित्थडचिरमा एक हजार २५२, थलारामा ८५३ र खप्तडछान्ना गाउँपालिकामा ८७१ किशोरीलाई खोप लगाउने उनले बताए।

जिल्लाभरि विद्यालय जाने ११ हजार ८३५ र विद्यालय नजाने २९१ गरी १२ हजार १२६ किशोरीलाई खोप लगाइने उनले बताए। खोप लगाउनका लागि जिल्लाभर २९१ स्वास्थ्यकर्मी र ४३४ जना स्वयंसेवक गरी ६५१ स्वास्थ्यकर्मी परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 23, 2025| 17:01 बिहीबार, माघ १०, २०८१
प्रतिक्रिया दिनुहोस्