शुक्रबार, जेठ २२, २०८३

धनुषामा सडक दुर्घटना घट्यो

 |  बिहीबार, माघ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १०, २०८१
National life
Shivam cement

जनकपुरधाम- बितेका छ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ।  जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो। अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए। 

उक्त कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट रु ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ। गत आवको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट रु एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो।

प्रकाशित: Jan 23, 2025| 11:31 बिहीबार, माघ १०, २०८१
प्रतिक्रिया दिनुहोस्