शुक्रबार, जेठ २२, २०८३

भक्तपुरमा कारसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

 |  बिहीबार, माघ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १०, २०८१

भक्तपुरमा कारसँग मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।

National life

दुर्घटनामा परी मोटरसाइकलमा सवार भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई पेप्सीकोला बस्दै आएकी २३ वर्षीया सपना राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मध्यपुरथिमि नगरपालिका–२ दिव्येश्वरीस्थित क्षमावती ग्रुप कम्पनी अगाडि पेप्सीकोलाबाट मगरगाउँतर्फ जाँदै गरेको बा प्र ०१–०२७ च ९२७ नम्बरको कारसँग सोही दिशातर्फ जाँदै गरेको बा–५० प– ७४१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

२९ वर्षीय राजु राईले श्रीमती सपना र तीन वर्षीय छोरीलाई पछाडि राखेर मोटरसाइकल चलाएका थिए। दुर्घटनापछि घाइते श्रीमती राईलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पुर्‍याइएकोमा उपचारकै क्रममा बुधबार मृत्यु भएको हो।

दुर्घटनामा घाइते छोरी ईश्वरी राई डिस्चार्ज भएकी छन्। प्रहरीले कार चालक बुढानीलकण्ठ–४ का कृष्णप्रसाद गौतमलाई नियन्त्रणमा लिएको छ। घटना गत सोमबार भएको हो।

Shivam cement

प्रकाशित: Jan 23, 2025| 09:51 बिहीबार, माघ १०, २०८१
प्रतिक्रिया दिनुहोस्