मंगलबार, पुस ८, २०८२

चिसोका कारण इटहरीमा विद्यालय बन्द

 |  बिहीबार, माघ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १०, २०८१

National life
Laxmi sunrise bank
kumari

धरान- अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ।

केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाहले बताए। 

उनले भने, 'मौसम प्रतिकूल भई शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय भएको छ।'

प्रकाशित: Jan 23, 2025| 07:44 बिहीबार, माघ १०, २०८१
प्रतिक्रिया दिनुहोस्