बुधबार, साउन २७, २०८३

एकै दिनमा सकियो रवि लामिछानेको बयान, भोलि थुनछेक बहस

 |  बुधबार, माघ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ९, २०८१

काठमाडौं- सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछानेको बयान सकिएको छ।

आज न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेको बयान भएको हो। बयान आज नै सुरु भएको थियो। अदालतमा उपस्थित हुन हिजो रवि काठमाडौंबाट बुटवल गएका थिए।

अब न्यायाधीश योगीकै इजलासमा भोलि थुनछेक बहस हुनेछ। थुनछेक बहसपछि उनलाई साधारण तारेखमा छोड्ने, धरौटी माग्ने वा पुर्पक्षमा पठाउने आदेश हुनेछ।

उनी कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन्।

प्रकाशित: Jan 22, 2025| 17:07 बुधबार, माघ ९, २०८१
प्रतिक्रिया दिनुहोस्