आइतबार, पुस ६, २०८२

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

 |  बुधबार, माघ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ९, २०८१

तेह्रथुम- कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले सुगम बनाउन थालेको छ। लोकमार्गको कुल लम्बाई एक हजार आठ सय ७९ किलोमिटरमध्ये एकसय १७ किमी तेह्रथुममा पर्दछ।

National life

जिल्लाको आठराई गाउँपालिका-६ स्थित तमोर नदीको माझिटारबाट तेह्रथुम प्रवेश गर्ने लोकमार्ग जिल्लाकै पुरानो शैक्षिक केन्द्र चुहानडाँडा, आठराई क्षेत्रको पुरानो व्यापारिक केन्द्र सङ्क्रान्ति, फेदाप, सदरमुकाम म्याङलुङ हुँदै पर्यटकीय बजार वसन्तपुर भएर अघि बढेको हो। 

आर्थिक वर्ष २०६४/६५ देखि निर्माण सुरु भएको मध्यपहाडी लोकमार्गले जिल्लावासीलाई यातायात सेवाको सहज पहुँचमा जोडेको हो। लोकमार्ग बन्नुअघि आठराई क्षेत्रका स्थानीयले छिमेकी जिल्ला पाँचथरको फिदिमबाट खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु ढाकरमा बोकेर ल्याउनुपर्ने बाध्यता थियो। त्यतिबेलाको एक दिनको बाटो लोकमार्ग बनेपछि एक घण्टामा छोटिएको आठराईका नरेन्द्र इङनामले बताए।

लोकमार्ग नहुँदा प्रशासनिकसहित अन्य कामका लागि सदरमुकाम म्याङलुङ एकदिन पैदल हिँडेर आउनुपर्थ्यो। अहिले लोकमार्गको बाटो भएर सवारीसाधनमार्फत् तीन घण्टामा पुगिने आठराई-१ का वडाध्यक्ष रोहित कन्दङवाले जानकारी दिए।

लोकमार्गले जिल्लाको आठराई, फेदाप, लालिगुराँसलगायत पालिकालाई सदरमुकाम म्याङलुङसँग प्रत्यक्ष जोडेको छ भने अन्य पालिकावासीलाई पनि सदरमुकाम पुग्न सहज भएको छ। जिल्लाका उत्पादनलाई बाहिर जिल्ला पठाउन र जिल्लाका बजारसम्म पुर्‍याउन सुविधा भएको तेह्रथुम उद्योग वाणिज्य संघका अध्यक्ष राजिव ढुंगानाले बताए।

Laxmi sunrise bank
kumari

पाँचथरको चिवाभञ्ज्याङबाट मध्यपहाडैपहाड बैतडीको झुलाघाट जोड्ने लोकमार्गअन्तर्गत तेह्रथुममा २४ दशमलव चार किमी बाहेक सबै सडक कालोपत्र भइसकेको छ।

फेदाप गाउँपालिकास्थित यावरा-पञ्चमी हुँदै खोरङवा खोलासम्मको खण्ड कालोपत्र हुन बाँकी रहेको मध्यपहाडी लोकमार्ग फिदिम पाँचथर कार्यालयका इन्जिनियर राजनारायण सरदारले जानकारी दिए। सोमध्ये १० किमी कालोपत्रको काम भइरहेको उनले बताए। बाँकी खण्डको कालोपत्रका लागि भने बजेट सुनिश्चितता भइनसकेकाले अन्योलता आएको उनको भनाइ छ। रासस

प्रकाशित: Jan 22, 2025| 18:31 बुधबार, माघ ९, २०८१
प्रतिक्रिया दिनुहोस्