बुधबार, साउन २७, २०८३

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

 |  बुधबार, माघ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ९, २०८१

खजुरा- चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ। आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ।

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले स्पष्ट गरे। अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए।

प्रकाशित: Jan 22, 2025| 18:01 बुधबार, माघ ९, २०८१
प्रतिक्रिया दिनुहोस्