आइतबार, पुस ६, २०८२

भन्सार छलेर ल्याएको २१ करोडको सामान बरामद

 |  मंगलबार, माघ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ८, २०८१

पर्सा- सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ।

National life

सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष २०८०/ ८१ को ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६ करोड ६८ लाख ५३ हजार मूल्य पर्ने भन्सार छलीका सामान बढी बरामद गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति राधेश्याम धिमालले चालु आवको ६ महिनामा भन्सार छली गरेर भित्र्याइएका २१ करोड २८ लाख २६ हजार रूपैयाँ मूल्य पर्ने सामान बरामद गरेको जानकारी दिए।

'सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यपदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ', उनले भने, 'सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ।'

सशस्त्र प्रहरी बलले चालु आवको ६ महिनामा १६ करोड ४७ लाख ४१ हजार रूपैयाँको भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ। त्यस्तै सोही अवधिमा चार करोड ६० लाख ८५ हजार रूपैयाँ मूल्य पर्ने बिलबीजक नभएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ।

Laxmi sunrise bank
kumari

सशस्त्र प्रहरीले आव २०८०/८१ को ६ महिनामा भन्सार छली गरेर भित्र्याइएको चार करोड ७७ लाख रूपैयाँ मूल्यका सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको थियो। आव २०८०/८१ को ६ महिनाकै अवधिमा बिलबिजक नभएका नौ करोड ८२ लाख ६९ हजार रूपैयाँको सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो।

पर्सा जिल्लामा एकसय सात किलोमिटर सीमा क्षेत्र भारतसँग खुला रूपमा जोडिएको छ। रासस

प्रकाशित: Jan 21, 2025| 17:31 मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्