बुधबार, माघ ९, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३१ लाख ठगी गर्ने तीन जना पक्राउ

Siddartha premir insuranceSiddartha premir insurance

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३१ लाख ठगी गर्ने तीन जना पक्राउ

 |  मंगलबार, माघ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ८, २०८१

ntc landingntc landing
himalayan bank box

काठमाडौं- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख रूपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।

बागलुङ ताराखोला गाउँपालिका-३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका-६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका-८ की जमुना परियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ गरेको हो।

अभियुक्त परियारले २८ लाख, कार्कीले एक लाख र बिष्टले दुई लाख रूपैयाँ ठगेको केन्द्रीय प्रहरीले जनाएको छ। उनीहरूलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। रासस

प्रकाशित: Jan 21, 2025| 16:26 मंगलबार, माघ ८, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्