बिहीबार, जेठ २१, २०८३

नेपालगञ्जमा प्रादेशिक महोत्सव हुने

 |  मंगलबार, माघ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ८, २०८१

बाँके- उद्योग, व्यापार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा प्रादेशिक महोत्सव हुने भएको छ। 

National life

नेपालगञ्ज उद्योग वाणिज्य संघको मुख्य आयोजना एवं नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) बाँकेको सहकार्यमा यही माघ १० देखि २२ गतेसम्म नेपालगञ्ज-१८ स्थित सडक डिभिजन कार्यालय परिसरमा महोत्सव गर्ने तयारी गरिएको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले जानकारी दिए।

‘उद्योग, व्यापार, कृषि, जडीबुटी, रोजगार सूचना प्रविधि र पर्यटन, व्यावसायिक उद्यमशाला तथा कलासंस्कृतिको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ प्रादेशिक महोत्सव आयोजना गरिएको छ', अध्यक्ष धामीले भने, 'महोत्सव करिब तीन लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन्।'

नेपालगञ्ज उद्योग वाणिज्य संघले २०५६ सालदेखि निरन्तर महोत्सव आयोजना गर्दै आएको छ। यस वर्षको महोत्सवमा विभिन्न तीन सय ५० स्टल राखिने संघका महासचिव भीम रानाभाटले जानकारी दिए।

उनका अनुसार, महोत्सवमा स्वदेशमा उत्पादित वस्तुहरू, राष्ट्रियस्तरको जडीबुटी प्रदर्शनी, हस्तकला, कृषि, पर्यटन, सूचना तथा विज्ञान प्रविधि, अटो मोबाइल्स तथा मित्रराष्ट्रका विभिन्न उद्यमशाला तथा उद्योगको प्रदर्शनी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उद्योगी, व्यवसायीहरूको समेत स्टल रहनेछन्। 

Shivam cement

त्यसैगरी, महोत्सवमा कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान) बाँकेले ‘क्यान इन्फोटेक’ आयोजना गर्ने जनाएको छ। रासस

प्रकाशित: Jan 21, 2025| 18:31 मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्