आइतबार, पुस ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मेयर साम्पाङले धरानबाट लिएर आएको रित्तो गाग्री प्रहरीको हातमा

मेयर साम्पाङले धरानबाट लिएर आएको रित्तो गाग्री प्रहरीको हातमा

 |  मंगलबार, माघ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ८, २०८१

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर मंगलबार सिंहदरबार पुगेका छन्। धरानमा खानेपानीका लागि दबाब दिन भन्दै साम्पाङ प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन्।

National life

उनी रित्तो गाग्रीसहित सिंहदरबार पुगेका थिए। तर, गाग्री भने प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै साम्पाङ खाली गाग्री लिएर सोमबार काठमाडौं आएका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका थिए, 'आज १० बजे आसपासमा सिंहदरबार छिर्ने विचार छ ! खानेपानीमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीको कार्यालयमा गाग्रीसहित जानेछु ! केन्द्रले धरानलाई विभेद नगरी सप्तकोशीको पानी ल्याउने योजनाको ठेक्का यही वर्षमा लगाइदिन परो भन्ने माग हो !

 

प्रकाशित: Jan 21, 2025| 12:06 मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्