आइतबार, पुस ६, २०८२

वर्षौंदेखि अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन

 |  मंगलबार, माघ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ८, २०८१

सिरहा- लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षौंदेखि अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनःसञ्चालन भएको छ। आइतबारदेखि नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको सुरुआत भएको हो।

National life

अधुरो खानेपानी योजनाको काम सम्पन्न गर्न लहान नगरपालिका, वाटर एड, नेपाल खानेपानी संस्थानअन्तर्गत शाखा कार्यालय लहान र दलित जनकल्याण युवाक्लबको सहयोग तथा समन्वयमा सञ्चालित ‘द विकन परियोजना’बाट रु ६० लाख लागतमा बोरिङ जडान सुरु गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए। खानेपानीको अधुरो काम सञ्चालन भएसँगै अब यस भेगका नागरिक खानेपानीको अभावबाट चाँडै मुक्त हुने उनले विश्वास व्यक्त गरे।

“वर्षौदेखि अलपत्र खानेपानीका लागि लहान नगरपालिका–१६ र १७ का स्थानीयवासी सङ्घर्षरत थिए”, नगरप्रमुख चौधरीले भने, “खानेपानीको समस्या समाधान हुनेतर्फ काम अगाडि बढेको छ। अब चाँडै यस भेगका नागरिकलाई खानेपानीको अभावबाट मुक्ति मिल्नेछ।”

परियोजनाले गरेका सर्भेअनुसार एक हजार ४१ घरधुरीमा खानेपानी धारा जडान हुनेछ भने आठ हजार तीन सय ९४ स्थानीय लाभान्वित हुने खानेपानी संस्थान लहान शाखाका वितरण महाशाखा प्रमुख लट्टप्रसाद यादवले जानकारी दिए। उनका अनुसार दुई लाख २५ लिटर क्षमताको पानी भण्डारण गर्न ओभरहेड ट्याङ्क बनिसकेको छ।

प्रकाशित: Jan 21, 2025| 08:16 मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्