बिहीबार, जेठ २१, २०८३

छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश

 |  सोमबार, माघ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ ७, २०८१

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ।

National life

सोमबार काठमाडौँ जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। अदालतको आदेशसँगै जोशीले सोमबार अपराह्न धरौटी बुझाइसकेका छन्।

जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो। कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो। यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका थिए।

Shivam cement

प्रकाशित: Jan 20, 2025| 16:43 सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्