बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विपिनको रिहाइबारे परराष्ट्रमन्त्री राणा र इजिप्टका विदेशमन्त्रीबीच कुराकानी

विपिनको रिहाइबारे परराष्ट्रमन्त्री राणा र इजिप्टका विदेशमन्त्रीबीच कुराकानी

 |  सोमबार, माघ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ ७, २०८१

काठमाडौं- प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री बदर अब्देल-अतिसँग फोन वार्ता गरेकी छन्।

National life

इजरायल सरकार र हमासबीच शान्ति वार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ। पहिलो चरणमा तीन जना बन्दी रिहा भएका छन्। दोस्रो चरणमा विपिन पनि रिहा हुने अपेक्षा गरिएको छ।

उपचारका लागि बैंककमा रहेकी परराष्ट्रमन्त्री राणाले त्यहीँबाटै फोन गरेर पहिलो चरणमै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री अब्देल अतिमार्फत इजिप्ट सरकारसँग आग्रह गरेकी हुन्। मन्त्री राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्ट सरकारलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ।

जवाफमा इजिप्टका विदेशमन्त्री अतिले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका थिए।

 

Shivam cement

प्रकाशित: Jan 20, 2025| 16:41 सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्